Comments Add Comment

ऐश्वर्या–अभिषेकदेखि दिपिका–रणबीरसम्म: कसको बिहेमा कति खर्च ?

बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहले हालै इटलीमा बिहे गरे । उनीहरुले बिहेको पार्टी भारतमा दिँदैछन् । दिपिका र रणवीरको बिहेमा मिडियालाई पहुँच थिएन । तर, यो बिहे निकै भड्किलो रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोस्थित भिला डेल बालबियानेलोमा वैवाहिक समारोह भएको थियो ।

बिहेको भेन्यूदेखि लिएर बेहुला–बेहुलीको पहिरनको खर्च सुन्दा जिभ्रो टोक्न वाध्य हुनुपर्छ । दीपिकाले लगाएको लहंगाको मूल्य ९ लाख भारु रहेको थियो । यस्तै उनको सेलिटेयर स्क्वायर सेपको औंठीको मूल्य थियो २ करोड ७० लाख भारु ।
होटल पनि उत्तिकै महंगो थियो । ७५ कोठा भएको होटलमा ७ रेस्टुरेन्ट र बार थिए । यसमा एउटा कोठाको मूल्य करिब ४०० यूरो अर्थात् करिब ५० हजार रुपैयाँ रहेको बुझिएको छ । यस हिसाबले कोठामा मात्रै दैनिक ४० लाखभन्दा बढि खर्च भएको छ । अन्य सम्पूर्ण प्रक्रियाको हिसाबकिताब आउन बाँकी छ । यस्तै भारतमा आयोजना गरिने दुईवटा पार्टीको समेत खर्च जोड्दा कहाँ पुग्छ कहाँ ।

तर, यो खर्चिलो तवरले गरिएको पहिलो बिहे होइन । यसअघि पनि बलिउड सेलिब्रिटीहरुले भड्किलो र खर्चिलो बिहे गरेका छन् । यहाँ तीन जोडीको दृष्टान्त प्रस्तुत गरिएको छ ।

अनुष्का शर्मा–बिराट कोहली
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीले अघिल्ले वर्षको ११ डिसेम्बरमा इटलीमै बिहे गरेका थिए । इटलीको टसकनी शहरको बोर्गो फिनोसिटो रिसोर्टमा भारतीय परम्पराअनुसार उनीहरुको बिहे भएको थियो ।
फोब्र्स म्यागजिनका अनुसार यो रिसोर्टमा एउटा कोठाको एक साताको भाडा उनीहरुले करिब डेढ लाख डलर तिरेका थिए । भेन्यूका अलावा अनुष्का र बिराटको कपडा, ईंगेजमेन्टको औंठी र रिसेप्सनमा प्रशस्त पैसा खर्च गरिएको थियो । सञ्चारमाध्यमका अनुसार बिराटले अनुष्कालाई डेढ करोड रुपैयाँको औंठी लगाइदिएका थिए । यसैगरी अनुष्काको लहेंगा ४५ लाख रुपैयाँको थियो ।

ऐश्वर्या राय–अभिषेक बच्चन
मात्र एक वर्ष डेट गरेपछि अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले बिहे गरेका थिए । सन् २००७ को २० अप्रिलमा मुम्बईमा उनीहरुको बिहे भएको थियो । यो बिहे पनि उत्तिकै भड्किलो थियो । बिहेमा ऐश्वर्याले लगाएको कपडाको मूल्य मात्रै ७५ लाख भारु थियो । ११ वर्षअगाडि भएको बिहेमा ११ करोड भारु खर्च भएको थियो जुन ११ वर्ष अगाडिको हिसाबले निकै महंगो हो ।

शिल्पा सेट्टी र राज कुन्द्रा
अभिनेत्री शिल्पा सेट्टीले व्यापारी राज कुन्द्रासँग २२ नोभेम्बर २००९ मा बिहे गरेकी थिइन् । बिहेमा राज कुन्द्राले शिल्पालाई ३ करोड भारुको आंैठी लगाइदिएका थिए । शिल्पाले लगाएको लहेंगाको मूल्य ५० लाख भारु बताइएको थियो । राज कुन्द्रले बिहेको पहिलो वर्षिकोत्सवमा शिल्पालाई दुबईमा रहेको बुर्ज खलीफाको १९ तल्लामा एउटा अपार्टमेन्ट गिफ्ट दिएका थिए । उक्त अपार्टमेन्टको मूल्य ८० लाख डलर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment