+

फ्रेण्ड्सका प्रशिक्षक भन्छन्- राम्रो खेल्यौं तर अन्तम मिनेटमा चुक्यौं

२०७५ मंसिर  ३ गते १७:३९ २०७५ मंसिर ३ गते १७:३९
फ्रेण्ड्सका प्रशिक्षक भन्छन्- राम्रो खेल्यौं तर अन्तम मिनेटमा चुक्यौं

३ मंसिर, काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अन्तिम समयमा प्रविन स्याङ्तानको गोलबाट फ्रेन्ड्स क्लबलाई हराउन सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेपछि प्रशिक्षक राजेन्द्र तामाङले मिड्फिल्डले राम्रो बल निकालेपनि स्ट्राइकर लाइन चुकेको स्वीकारेका छन् ।

उनले आफ्नो खेलाडीले राम्रो प्रदर्शन गरेपछि गोलको लागि अन्तिम समयसम्म कुर्नु परेको बताए । उनले भने ‘बल नियन्त्रणमा राखेर नै गोल गर्ने हाम्रो लक्ष्य थियो । राम्रो खेले केटाहरुले तर फरवार्ड लाइन अझै सुधार्नु आवश्यक छ । अबको खेलमा एकपछि अर्को सुधार हुनेछ ।’

फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले विभागीय टिमविरुद्ध आफ्नो खेलाडीले राम्रो खेलेको भएपनि अन्तिम समयमा चुक्दा हार ब्यहोरेको बताए । उनले भने, ‘राम्रो खेल्यौं तर अन्तिम एक मिनेट रोक्न नसक्दा हार्न पुग्यौं ।’

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको एपीएफले दोस्रो हाफमा गोल गर्ने अवसर निकै खेर फालेको थियो । खेलको ५७औं मिनेटमा एपीएफका प्रविन स्याङ्तानले वान भर्सेस् वानमा पनि गोल गर्न सकेनन् । तर खेलको अतिरिक्त समयमा उनले नै गोल गर्दै आफ्नो टिमलाई पहिलो जित दर्ता गराए ।

अर्को खेलमा हिमालयन शेर्पा क्लबले सरस्वती युथ क्लबलाई १-० गोलअन्तरले नै पराजित गरेको छ ।

जावलाखेलको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको २९ औं मिनेटमा नै गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय