+
+
Shares

माघ अन्तिममा ‘न यता न उता’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते ११:४९

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘न यता न उता’को रिलिज डेट फाइनल गरिएको छ । यो चलचित्र माघ २५ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले बताएको छ । कमेडी कथामा निर्माण भएको यो चलचित्रलाई वितरकसँगको सहमतीमा माघ २५ गते रिलिज गर्ने तय भएको निर्देशकले बताएका छन् ।

त्रन्त्रालय फिल्मस् र हाइलटाइ नेपालको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दिक्षित, वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी छ । चलचित्रको एउटा लोक लयको गीत सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?