Comments Add Comment

डिभोर्समा भव्य पार्टी, गरी बिहेका पहिरन बमले उडाइयो

वैवाहिक जिवनमा ब्रेक लगाउने डिभोर्स पक्कै पनि खुसीको क्षण होइन । तर कतिपयका लागि डिभोर्सले जिन्दगीकै ठूलो खुसी ल्याउँदो रहेछ । अमेरिकामा यस्तै भएको छ ।

अमेरिकामा एकजना महिला आफ्नो डिभोर्सबाट यति खुसी भइन् की डिभोर्स भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना मात्र गरिनन् उक्त पार्टीका क्रममा आफुले बिहेमा लगाएका कपडाहरु विस्फोटक पदार्थ प्रयोग गरी ध्वस्त बनाइन् ।

टेक्सासको लाकोस्ट क्षेत्रमा बस्ने ती महिलाले १४ वर्ष पूरानो आफ्नो वैवाहिक सम्बन्ध तोड्दा यति खुसी भइन् कि उनले पार्टी मात्र दिइनन् धमाकेदार कृत्य समेत गरिन् ।

डिभोर्स टुंगो लागेसँगै उनले भोजको आयोजना गरिन् । आफ्नो विवाह गाउनमा विस्फोटक पदार्थ लादिन् र त्यसलाई विस्फोट गराइन् ।

४३ वर्षकी किम्बर्ली सेन्टलेबेनले आयोजना गरेको डिभोर्स पार्टीमा उनका बुवा तथा बहिनी समेत सहभागी थिए । वेडिङ गाउनलाई विस्फोटकले उडाएपछि उनले भनिन्, ‘त्यो विवाह एक झुट थियो र मैले त्यस सँग जोडिएका सबै चिनो मेटाउन चाहन्छु ।’

उक्त डिभोर्स पार्टीमा केक पनि काटिएको थियो ।

गत नोभेम्बर ९ मा विधिवत रुपमा किम्बर्लीले आफ्नो लोग्नेबाट डिभोर्स गरेसँगै १० तारेखमा डिभोर्स पार्टीको आयोजना गरेकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment