Comments Add Comment

पोखरा विश्वविद्यालयमा जनस्वास्थ्यका विद्यार्थीद्वारा तालाबन्दी

४ मंसिर, काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गत स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्समा एमपीएच (जनस्वास्थ्य) अध्ययनरत विद्यार्थीले मंगलबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

विभिन्न माग राख्दै सोमबार विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिन कार्यालयमा तालाबन्दी गरेका उनीहरुले मंगलबार केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरेका हुन् ।

डीन कार्यालयले आफूहरुले लगाएको ताला तोडेको भन्दै उनीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरेको बताएका छन् । ताला लगाउने पक्षका विद्यार्थी राजेशकुमार यादवले डिन खेमराज जोशीले मंगलबार वार्तामा बोलाए पनि वार्ताका लागि जाँदा ताला खुलाएको पाइएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरिएको बताए । ‘हामी वार्तामा जाँदा ताला खुलाएको पायौं, त्यसपछि हामी वार्तामा बसेनौं, विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नै तालाबन्दी गर्‍यौं’ उनले भने ।

विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको नियम विपरीत भर्ना प्रक्रिया सुरु गरेका कलेजको भर्नामा रोक लगाउनुपर्ने र एमपीएचमा पोखरा विश्वविद्यालयले एउटै प्रवेश परीक्षा लिनुपर्नेलगायतका माग गर्दै डिन कार्यालयमा कात्तिक ३० गते मागपत्र बुझाएका थिए । उनीहरुले माग पूरा नभएको भन्दै सोमबार डिन कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment