Comments Add Comment

जाडोमा हाड-जोर्नी दुखाईः यसरी गर्न सकिन्छ घरमै उपचार 

मौसमी तापमान ओह्रालो लाग्दैछ । जति जति वायुमन्डल चिसिदै जान्छ, रोगी, बुढाबुढी, बालबच्चा, सुत्केरीलाई समस्या हुन्छ । कमजोर, रोगी र बुढाबुढीलाई यस सिजनमा जोर्नी तथा हड्डीको दुखाईले निकै सताउँछ ।

यसरी जाडो बढेसँगै हातखुट्टा चलाउनै नहुने, जोर्नी दुख्ने समस्या छ भने त्यसको निदान घरमै खोज्न सकिन्छ । चिकित्सक भन्छन्, ‘यस्तो समस्याबाट छुटकारा पाउन क्याल्सियमयुक्त खानेकुराको सेवन बढाउनुपर्छ ।’

क्याल्सियम कसरी प्राप्त गर्ने ?

खानेकुराबाट नै हामी क्याल्सियम प्राप्त गर्न सक्छौं । जस्तो कि दुध । दुध सवैतिर सजिलै उपलब्ध हुने पि्रय पेय हो ।

स्वास्थ्य विशेषज्ञले जाडो मौसममा दुध पिउने सल्लाह दिन्छन् । तर, दुध बाहेक पनि थुप्रै खाद्यपदार्थहरु छन्, जसले हाडसम्बन्धि समस्याबाट दुर गर्नुका साथै स्वास्थ्यलाई पनि तन्दुरुस्त राख्छ ।

दुध र फलफूल

हाडलाई बलियो बनाउनका लागि दुधलाई आफ्नो नियमित डाइटमा सहभागि गराउनुपर्छ । त्यस्तै, शरिरमा पोषणको मात्रालाई बढाउनका लागि फलफुल पनि प्रयोगलाई पनि बढाउन जरुरी हुन्छ । बदाम खादा पनि हाड बलियो बन्ने गर्छ । बदाममा क्याल्शीयमको मात्रा अत्याधिक हुने गर्छ ।

पनीर

यदि तपाईलाई दुध मन पर्दैन भने अरु खाद्यपदार्थको प्रयोग गरेर पनि त्यसको पूर्ती गर्न सक्नुहुन्छ । तपाईले चिसोमा पनीरको सेवन गर्न सक्नुहुन्छ । यसमा पनि क्याल्शियमको मात्रा प्रशस्त हुने गर्छ । पनीरले क्यााल्शियम मात्र नभएर शरिरमा भएको प्रोटिनको कमीलाई पनि पुर्ती गर्ने काम गर्छ । पनीरलाई हाडलाई बजबुत बनाउने काम गर्छ । तपाई पनिरको वास्तविक गुणलाई मार्न चाहानुहुन्न भने परिकार बनाउँदा तेलको बढी प्रयोग गर्नु हुँदैन ।  गि्रल्ड गरेर पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।

भटमास दुध वा टोफू

सामान्य दुध पिउन गाह्रो हुन्छ भने तपाईले अर्को विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसको लागि तपाईले भटमासको दुध वा टोफु सेवन गर्न सक्नुहुन्छ । यो दुधभन्दा निकै फरक स्वाद हुन्छ भने क्याल्शियमले पनि भरिपूर्ण हुन्छ ।

दही

दैनिक रुपमा दही सेवन गर्दा यसले हाडलाई सुरक्षा दिने काम गर्छ । बरु दहीमा चीनीको साटो जीरा पाउडर वा नुन प्रयोग गरि सेवन गर्दा राम्रो हुन्छ । एक कचौरा दहीमा ३० प्रतिशत क्याल्शियमको मात्रा हुन्छ । यसका साथै फास्फोरस, पोटााशियम, भिटामिन बी २ र बी १२ को मात्रा पनि दहीमाम हुन्छ । यसलाई दुधको विकल्पमा पनि प्रयोग गर्न सक्नहुन्छ ।

सुन्तलाको जुस

सुन्तलको जुसमा पनि भिटमिन डी को मात्रा अत्याधिक हुने गर्छ । यस्तो जसमा सकेसम्म चिनीको मात्रा अत्यन्तै कम गर्नुपर्छ ।

माछा

माछामा भएको भिटमिनले पनि हाडसम्बन्धि समस्यालाई टाढा राख्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

अण्डा

जाडो मौसममा अण्डा प्रयोग गर्दा निकै फाइदाजनक हुन्छ । त्यसको लागि तपाईले उमालेर वा अम्लेटको रुपमा दैनिक एउटा अण्डाको सेवन गर्न सक्नुहुन्छ ।

सिमि

सिमी पनि क्याल्शियमको निकै राम्रो स्रोत हो । एक कचौरा सिमी अर्थात बीन्सकोमा २४ प्रतिशतसम्म क्याल्शियमको मात्रा हुने गर्छ । शरिरमा क्याल्शियमको कमी पुरा गर्नको लागि सिमीलाई पनि आफ्नो डाइट सेड्युलमा राख्न जरुरी हुन्छ ।

च्याउ

बढ्दो उमेरमा च्याउको प्रयोग भिटामिनको लागि निकै लाभदायक हुन्छ । यसलाई तरकारी, सूप या अन्य कुनै परिकारको रुपमा प्रयोग गर्नइ सकिन्छ ।

पालुंगो

पालुंगोको साग आइरनले भरिपूर्ण त हुन्छ नै यसका साथै क्याल्शियम पनि प्रचुर मात्रामा हुने हुन्छ । एक सय ग्राम पालुंगोबाट ९९ मिलिग्राम क्याल्शियम प्राप्त गर्न सकिन्छ । हप्तामा कम्तिमा तीन पटक पालकको प्रायोग गर्दा फाइदाजनक हुन्छ ।

रामतोरिया

हाडलाई बलियो बनाउनका लागि रामतोरीयाको सेवन पनि निकै उपयुक्त हुने गर्छ ।  यसले हाड मात्र नभएर दाँतलाई पनि स्वास्थ राख्न मदत पुग्छ । रामतोरीयामा ४० ग्राम क्याल्शियम प्राप्त गर्न सकिन्छ । हाडलाई बजबुत राख्नको लागि हप्तमा दुई पटक यसको प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment