Comments Add Comment

कांग्रेस नेतृत्व र डेनिस सांसदबीच छलफल

५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेता र डेनमार्कका सांसदहरुबीच छलफल भएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार भएको भेटमा सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् ।

मोगेन्स जोनसन नेतृत्वको डेनिस सांसदको प्रतिनिधिमण्डलले कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिए ।

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गरे ।

सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दूतावास खोल्ने पहल गर्नका लागि पनि सांसदहरुसँग आग्रह गरेका सहमहामन्त्री महतले बताए । त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गरेका छन् ।

डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment