Comments Add Comment

न्यायाधीश राउत पत्नी २० दिनपछि थुनामुक्त

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिताकुमारी थुनामुक्त भएकी छन् । जिल्ला अदालतको आदेशपछि ललिताकुमारीसँगै उनका दुई दाजु र एक भाउजुलाई प्रहरीले छाडेको हो ।

१४ कात्तिकमा पक्राउ परेकी ललिता मंसिर ३ गतेसम्म प्रहरी हिरासतमा बसिन् । उनीविरुद्ध कीर्तेको मुद्दा परेको थियो ।

तर, जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले सरकारी कागज कीर्तेको मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावना नभएकाले हिरासतमा नराखी अड्डाले खोजेको बेला उपस्थित हुने गरी छाड्न सोमबार आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशलगत्तै प्रहरीले उनीहरुलाई रिहा गरेको हो । दाजुभाउजुको बच्चालाई आफ्नो भनेर नक्कली जन्मदर्ता गरेको भन्दै न्यायाधीश राउतका पिताले प्रहरीमा उजुरी दिएका थिए । त्यसआधारमा उनीहरु पक्राउ परे ।

ललितकुमारीले सम्बन्धविच्छेदको मुद्दा पनि हालेकी छन् । यो मुद्दा भने विचाराधीन छ ।

के थियो विवाद ?

न्यायाधीश राउतको हस्ताक्षर कीर्ते गरेर अर्कैको बच्चालाई उनको बनाउने कार्यमा संलग्न भएको आरोपमा श्रीमती ललितासहित उनका दाजु बाबुराम चौहान र भाउजुलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस सर्वोच्चका न्यायाधीशको घरझगडाः श्रीमती पक्राउ, श्रीमान भन्छन्- छाँगाबाट खसेँ !

कटारी नगरपालिका वडा नम्बर ३ बाट नक्कली जन्मदर्ता गराएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले गत असोज १० र ११ गते कटारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउत हो भनी कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्मदर्ता बनाएको आरोप छ ।

यद्यपी कटारी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले भने किर्ते पुष्टि भएपछि जन्मदर्ता बदर भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment