Comments Add Comment

‘गोपी’को भजन शैलीको गीतमा विपिन र बर्षाको छमछमी

नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ ।

चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर तयार पारेका छन् । भजन शैलीको यो गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा अर्जुन विश्वस्त छन् । गीतमा धु्रव विस्को र एन्जिला रेग्मीले आवाज भरेका छन् ।

आरोही इन्टरटेन्मेन्टका लागि आरोही केसीले निर्माण गरेको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रको माग अनुसार नै यो गीत तयार पारिएको लामाले बताए । चलचित्रका मुख्य पात्र हिन्दु र गाइ पाल्ने भएकाले यो गीतमा उक्त आस्था झल्काउने प्रयास गरिएको उनले सुनाए ।

गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, अंकित खड्का, भोला सापकोटाले नृत्य गरेका छन् । गोविन्द राइको कोरियोग्राफी रहेको गीतमा तीनवटा भजनटोली, सय जना भन्दा बढी बृद्धबृद्धा, ३२ जना नृत्य कलाकारलाई पनि देख्न सकिन्छ । सामिप्यराज तिमिल्सिनाको लेखन, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment