Comments Add Comment

पूर्वलडाकूद्वारा गृहमन्त्रीसामू विष सेवनको प्रयास

५ मंसिर, काठमाडौं । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादल सामन्ने विष सेवन प्रयास गरेका छन् ।

कालिकोट घर भएका पूर्वलडाकू कुलप्रसाद भट्टराई गृहमन्त्रीलाई भेट्न सिंहलदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खाने प्रयास गरेका हुन् ।

उनले गृहमन्त्रीलाई भेट्नु अघि पनि विष सेवन गरेको आशंका गरिएको छ । गृहमन्त्रीलाई भेटेपछि उनले औषधि उपचार समेत गर्न नसकेको भन्दै निराशा पोखेका थिए ।

कुराकानीकै क्रममा उनले खल्तीबाट विष सेवनको प्रयास गरेको तर, त्यहाँ उपस्थित सुरक्षाकर्मीले तत्काल रोकेको मन्त्रालयका अधिकारीहरुल बताउँछन् ।

उनलाई तत्काल वीर अस्पताल लगिएको थियो । त्यहाँबाट महाराजगञ्जस्थित प्रहरी अस्पताल पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment