Comments Add Comment

प्रधानसेनापति महिला फुटबल : अन्तिम समयको गोलले प्रदेश ७ क्वार्टरफाइनलमा

५ मंसिर, काठमाडौं । प्रधानसेनापति छैठौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा अस्मिता चौधरीको अन्तिम समयको गोलले प्रदेश नम्बर एकलाई हराउँदै प्रदेश सात क्वाटरफाइनलमा पुगेको छ ।

१–१ को बराबरीमा रहेको खेलमा ९० औँ मिनेटमा अस्मिताले गोल गरेकी थिइन् । त्यसअघि खेलको ४१ औँ मिनेटमा प्रदेश सातकी निलम सिंहले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ८३ औँ मिनेटमा प्रदेश नम्बर एककी इमा राईले बराबरी गोल गरेकी थिइन् ।

खेलमा केही राम्रा अवसरमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । उत्कृष्ट खेल प्रदर्शन गरेकी प्रदेश नम्बर ७ की अञ्जली चन्द प्लेयर अफ दि म्याच भइन् ।

प्रतियोगितामा भारत सिक्किम र बिहारको टिमसहित विभागीय टिम नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब साथै सात प्रदेशका टिम रहेका छन् ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा विजेता टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी उपविजेताले १ लाख ५० हजार साथै तेस्रो र चौथो हुने टोलीले ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment