+
+
Shares

डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते २१:१४

६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरे । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?