७ मंसिर, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको अनलाइन आवेदन फारम विहान १० बजेदेखि खुला हुने यातायात व्यवस्था विभागको तयारी छ ।
हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले विहान १० बजेपछि विभागको वेबसाइटमा गएर फारमहरु भित्र रहेको अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।
वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले हाल एसएसएल (https//) मा नखुल्ने विभागका इञ्जीयनियर केशवराज गौतमले जानकारी दिए ।
उनका अनुसार आवेदकले एचटिटीपिएस हटाएर सिधै डब्लुडब्लुडब्लु डिओ टिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) लगईन गर्नुपर्नेछ ।
काठमाडौं उपत्यकामा स्वयम्भुको ठूलो भर्याङ, चावहिल, सुकेधरा, ललितपुरको एकान्तकुना, भक्तपुरको जगाती गरी चार कार्यालयबाट नयाा लाइसेन्सका लागि अनलाइन आवदेन सकिने छ ।
आवदेकले मोटरसाइकल, स्कुटर, कार/जीपको आवदेन दिन सक्नेछन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।
तर, छपाइको काम सुस्त हुादा ट्रायल पास गरेकाले पनि लाइन्स पाउन सकेका छैनन् । ट्रायल पास गरेको वर्षदिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको संख्या ६ लाख भन्दा बढी छ ।
विभागले पेण्डिङमा रहेका लाइसेन्सको छपाई छिटो सक्न निजी कम्पनी मालिका ईकर्पोरेशनलाई जिम्मा दिएपनि पर्याप्त छपाई हुन नसकेको छैन ।
प्रतिक्रिया 4