+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

यातायात व्यवस्था विभागले सच्यायो उपत्यकाभित्र प्रदेशबाट जारी रुट परमिट

यातायात व्यवस्था विभागले सबै प्रदेश सरकारलाई पत्र लेख्दै अन्तरप्रदेश जाँचपास तथा रुट इजाजतपत्र जारी गर्ने जिम्मेवारी संघीय सरकारको हुने स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय सरकारले काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीका रुट परमिट सच्याएको छ र अन्तरप्रदेश रुट इजाजत जारी गर्ने जिम्मेवारी आफूमा रहेको स्पष्ट पारेको छ।
  • अब काठमाडौं उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीले तोकिएका मार्गहरूबाट मात्र आवतजावत गर्न पाउनेछन् र प्रदेशले आफ्नो क्षेत्राधिकारभित्र मात्र रुट इजाजत जारी गर्न पाउने छन्।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीलाई नयाँ बसपार्कबाट मात्र छुट्न दिने गरी कडाइ गरेको छ र रातो बत्ती उल्लंघन गर्नेलाई सचेतना कक्षा दिने गरेको छ।

२३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनका हकमा प्रदेश सरकारबाट जारी रुट परमिट संघीय सरकारले सच्याएको छ ।

यातायात व्यवस्था विभागले सबै प्रदेश सरकारलाई पत्र लेख्दै अन्तरप्रदेश जाँचपास तथा रुट इजाजतपत्र जारी गर्ने जिम्मेवारी संघीय सरकारको हुने स्पष्ट पारेको छ ।

सोही बमोजिम प्रदेश यातायात व्यवस्था कार्यालयबाट काठमाडौं उपत्यकाका हकमा जारी इजाजत समेत संघले तोके बमोजिम हुने स्पष्ट पारेको छ ।

यस अनुसार अब काठमाडौं उपत्यका बाहिरबाट प्रवेश गर्ने सार्वजनिक सवारीले कलंकी–सीतापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउने भएका छन् ।

काठमाडौं उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारीले कलंकी–सातदोबाटो–कोटेश्वर हुँदै बनेपासम्म आउन र जान सक्ने छन् ।

प्रदेश यातायात व्यवस्था कार्यालयहरूले नियमानुसार कायम भएका प्रदेशभित्रका बाटोमा मात्र रुट इजाजत जारी गर्न पाउने समेत विभागले स्पष्ट पारेको छ ।

अन्तर प्रदेशीय रूपमा सञ्चालन हुने सवारीका हकमा भने यातायात व्यवस्था विभाग अन्तर्गतका सवारी परीक्षण कार्यालयहरूले मात्र रुट इजाजत जारी गर्न पाउने समेत विभागले स्पष्ट पारेको छ ।

स्थानीय बाटोमा सञ्चालन हुने स्थानीय सार्वजनिक यातायातको सवारीको बाटो इजाजत जारी गर्दा प्रदेश र स्थानीय तहबीच समन्वय गरिनुपर्ने समेत विभागले जनाएको छ ।

यी व्यवस्था प्रतिकूल हुने गरी यसअघि बाटो इजाजत जारी गरेको भए त्योसमेत सच्याउन विभागले सबै प्रदेश सरकारलाई पत्र लेखेको छ ।

विभागका अनुसार कतिपय यातायात कार्यालयले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रुट इजाजतपत्र जारी गर्दा काठमाडौं उपत्यकामा व्यापक ट्राफिक जाम समस्या देखिएको विभागको भनाइ छ ।

साना सवारी चल्न सक्ने कम चौडाइका बाटोमा समेत बढी सिट भएका सवारीलाई बाटो इजाजत दिँदा दुर्घटना बढेको समेत विभागले जनाएको छ ।

अब यातायात व्यवस्था कार्यालयबाट थप इजाजत जारी गर्दा सोही अनुसार गर्न संघीय सरकारले सचेत गराएको छ ।

उता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समेत काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाइ यातायात सहज बनाउन लामो दुरीका रात्रि तथा दिवा सेवाका गाडीलाई अनिवार्य नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने गरी कडाइ थालेको छ ।

लामो दुरीका सवारीले स्थानीय रुटमा चल्ने सवारीले जस्तै गरी अब जथाभावी बस रोक्दै यात्रु झार्न र चढाउन पाउने छैनन् । यस्तो गतिविधिले पिक आवरमा राजधानीका सडकमा जाम बढेको ट्राफिक कार्यालयको निष्कर्ष छ ।

यसअघि कार्यालयले लामो द्ुरीका गाडीलाई दिइएको रुट परमिट पुनरावलोकन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको थियो ।

काठमाडौ उपत्यकाको सडकमा जाम हुँदा नागरिकको दैनिकीमा असर परेको छ । यो विषयलाई  गम्भीर लिनसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको थियो ।

प्रहरीले रातो बत्ती उल्लंघन गर्ने, लेन क्रस गर्ने, तीव्र गतीमा सवारी चलाउने तथा मापसे गरेर सवारी चलाउनेलाई अनिवार्य सचेतना कक्षा दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?