
२४ असार, काठमाडौं। नेपाली कांग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
सरकारमा हुने व्यक्तिहरुले पार्टीसँग समन्वय गर्ने र परामर्श नगरिएको विषय कांग्रेस बैठकमा उठेको थियो । अर्कोतर्फ, प्रदेशमा कांग्रेसका आर्थिक मामिलामन्त्रीले प्रस्तुत गरेको बजेटमा पार्टीभित्रैबाट असन्तुष्टी व्यक्त भएको छ ।
‘प्रदेश सरकार सञ्चालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारी लगायतका सन्दर्भमा सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीको तर्फबाट आवश्यक छलफल र सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइनेछ,’ बैठकको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया 4