Comments Add Comment

तपाईको पार्टनर नार्सिसिस्ट त होइन ?

तपाईको परिवारमा खासगरी दम्पतीबीच पनि यस्तो समस्या छ कि ? जस्तो तपाईको श्रीमती/श्रीमान्, आफ्नो मनोमानी गर्न खोज्छन् । आफुले गरेको कामलाई मात्र सदर मान्छन् । आफुले लिने निर्णयलाई ठिक ठान्छन् । तपाईको सोंच, इच्छा, योजना सबै कुरा बेवास्ता गरिदिन्छ ।

भनिन्छ नि, एक हातले ताली बज्दैन । जब परिवारमा यस किसिमको बेमेल पैदा हुन्छ, त्यसले कलह निम्त्याउँछ । श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा खटपट ल्याउँछ । तपाईहरु जतिसुकै चाहेर पनि मिल्न सक्नुहुन्न ।

भनिन्छ, परिवारमा श्रीमान् र श्रीमतीको उपस्थिती समान हुनुपर्छ । जब एकले अर्कालाई तल पार्ने, होच्याउने चेष्टा गर्छन्, तब समस्या सुरु हुन्छ ।

कति दम्पतीमा श्रीमान् वा श्रीमती अर्कामाथि हावी हुन्छन् । जे कुरा पनि आफ्नो निर्णयमा, आफ्नो योजनामा, आफ्नो सोंचमा चलाउन खोज्छन् । त्यतीमात्र होइन, पार्टनरको उपस्थितीलाई कहिल्यै स्विकार्दैनन् । पार्टनरले भनेको, चाहेका कुरालाई सोझै अश्विकार गरिदिन्छन् । यस किसिमको मनोवृत्ति आफैमा एक समस्या हो, जसले दम्पतीको सम्बन्धलाई दुई चिरा पार्छ ।

आखिर के यो प्रवृत्ति ? कसरी पैदा हुन्छ ?

मनोचिकित्कस भन्छन्,’यो आत्माकेन्दि्रत मनोवृत्ति हो । यस किसिमको व्यक्ति आफुले जो चाह्यो, जे सोच्यो, त्यही कुरा सही हो भन्ने ठान्छन् ।’

यसलाई चिकित्सकिय भाषामा ‘नारसिसिज्म डिसअर्डर’ भनिन्छ । यस्ता व्यक्तिहरु अरुलाई कतिपनि महत्व दिदैनन् । उनीहरुमा देखिने सबैभन्दा ठूलो समस्या त के भने, ‘मनमा सहानुभूति, करुणा, सहयोग जस्तो भावना नै हुँदैन । उनीहरु अरुको अस्तित्व, मर्मबारे पटक्कै ख्याल राख्दैनन् ।’

मनोविज्ञ भन्छन्, ‘नार्सिसिस्ट व्यक्ति आफ्नो प्रसंसा, तारिफ सुन्न एकदम उत्सुक रहन्छन् । तर, अर्कोको तारिफ गर्न जान्दैनन् । उनीहरु आफ्नो लुक, व्यवसायिक प्रगतिमा बेस्ट हुन चाहन्छन् र यो पनि ठान्छन् कि उनीहरु नै बेस्ट हुन् ।’ यस्ता व्यक्ति आफ्नो इच्छापूर्तिका लागि वा आफुले चाहेको कुरा प्राप्त गर्नका लागि अरुलाई जसरी पनि प्रयोग गर्न सक्छन् । अर्काबाट फाइदा उठाउनमा उनीहरु माहिर हुन्छन् । उनीहरु आफ्नो आलोचना पटक्कै रुचाउँदैनन् । किनभने उनीहरुलाई त्यस कुरामा विश्वास हुँदैन कि, ‘म कमजोर छु ।’

किन पैदा हुन्छ यस्तो मनोवृत्ति ?

जुन व्यक्तिमा आत्मविश्वास एकदम कम हुन्छ, उनीहरुमा नार्सिसिस्ट हुने आशंका बढी हुन्छ । चिकित्सकका अनुसार, ‘यस्तो व्यवहार बाल्यकालको अनुभवबाटै जोडिएको हुन्छ । जब बच्चामा उसलाई कुनै उनको कुनै महत्व छैन र उनमा धेरै कमी छ भन्ने महसुष गराइन्छ । जबकी अन्र्तमनमा उसले ठानिरहेको हुन्छ कि हरेक व्यक्ति ऊ भन्दा राम्रो, उत्कृष्ट छ । तर, उनी यसलाई स्विकार गर्न सकिरहेका हुँदैनन् ।’

नारसिसिज्मलाई समाज र परिवारले पनि बढाव दिइरहेको हुन्छ । खासगरी व्यवसायिक स्तरमा पुरुषको यस्तो व्यवहारलाई आत्मविश्वास मानेर बढाव दिइन्छ । त्यही कारण लगभग ५० देखि ७५ प्रतिशत पुरुष यस डिसअर्डरको सिकार हुन्छन् ।

यस्ता व्यक्ति आफ्ना पार्टनरलाई शोसल सर्कलबाट टाढा राख्न खोज्छन् । उनीहरुमा आफ्नो नियन्त्रण गुमाउने भय हुन्छ । यस्ता व्यक्तिहरु त्यस स्थितीसँग टाढा रहन्छन्, जसलाई उनीहरुले नियन्त्रण गर्न सक्दैनन् ।

कसरी थाहा पाउने ?

तपाईको प्रेमी वा पार्टनर नार्सिसिस्ट व्यक्ति छन् वा छैनन् ? यसरी पनि पहिचान गर्न सकिन्छ ।

–  यस्ता व्यक्ति सम्बन्धको सुरुवातमा तपाईलाई एकदम प्रोत्साहन गर्छ र बदलामा तपाईबाट पनि त्यही चाहन्छन् । उनीहरु चाहन्छन् कि, तपाईबाट उसले पुरा सहयोग प्राप्त होस् र तपाईको सम्पूर्ण ध्यान उनीमाथि केन्द्रित होस् ।

–   यदी पार्टनर सधै तपाईलाई आफ्नो नजिक होस्, सामिप्यता खोजिरहोस् भन्ने अपेक्षा राख्छ भने उनमा समस्या छ । ्

–  यस्ता व्यक्तिले तपाईलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छन् । उनले चाहे बमोजिम तपाईले आफुलाई पेश गर्नुपर्ने हुन्छ ।

–  यस्ता व्यक्तिका लागि आफु नै सर्वोपरी हुन्छ । उनीहरुले जे गर्छन्, जे सोच्छन्, आफुलाई केन्द्रमा राखेर गर्छन् ।

–  के तपाईको पार्टनरले तपाईको ख्याल राख्छन् ? तपाईको निजी कुरामा चासो राख्छन् ? तपाईको चिन्ता गर्छन् ? याद गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment