Comments Add Comment

जेसीबीका चार थरिका विश्वस्तरीय निर्माण उपकरण सामाग्री नेपालमा

७ मंसिर, काठमाडाैं ।  जेसीबीले नेपालमा आफ्नो कनम्याकको पहिलो संस्करणसँगै निमार्ण सम्बन्धी उपकरण तथा मिशिनहरुको प्रस्तुत गर्‍यो । प्रदशन गरिएका उक्त विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त मिशिनहरुले नेपालमा पूर्वाधार निर्माण सामाग्रीहरुको बढ्दो माग पुरा गर्नेछ । यसका साथै जेसीबीले एमएडब्लुभुमी उत्खन्नन मेसिनको नयाँ डिलरसिप भवन पनि उद्घाटन गरेको छ । ३०,००० वर्ग फुटमा फैलिएको यो भवनले नेपालमा लगानी गर्ने जेसीबीको प्रतिबद्धतालाई अझै बलियो बनाउँछ ।

बिक्री, सेवा तथा पार्टसहरु एउटै स्थानमा उपलब्ध गराउने एमएडुब्लुको उद्देश्यले ग्राहकहरुलाई थप उर्जा प्रदान गर्नेछ । देशभर रहेका आफ्ना २८ शाखाका साथै एमअएडुब्लले ३५० भन्दा धेरै व्यक्तिहरुलाई रोजगारका साथै जेसीबी प्रशिक्षित प्रशिक्षण पनि प्रदान गर्दैै आइरहेको छ ।

जेसीबीले आफ्नो उपकरण तथा मेशिनहरुमा डिजिटल टेक्नोलोजी प्रणाली तथा इन्टरनेट अफ थिंग्सको माध्यमबाट यसको उन्नत टेलिम्याटिक्स टेक्नोलोजी लाइभलिंकसुविधा उपलब्ध गराएको छ ।

लाइभलिंक जेसीबीद्वारा स्थापित यस्तो टेलिम्याटिक्स टेक्नोलोजी हो, जसले ग्राहकहरुलाई सेवा, संचालन तथा सुरक्षा प्यारामिटरहरुमा टाढा टाढाका मेशिनहरु कन्ट्रोल गर्न सहायता गर्दछ ।

वर्तमानमा लाइभ लिंक सुविधा रहेका ३५० वटा जेसीबीका मिशिनहरुले सफलतापूर्वक संचालन भइरहेका छन् । यो टेक्नोलोजी जेसीबी का उत्पादनहरुको उत्कृष्ट उपलब्धी हो ।

यस अवसरमा जेसीबी इन्डिया लिमिटेडका एमडी तथा सिईओ विपिन सोन्धी भनछन्,”नेपालमा हुन लागिरहेको निमार्ण उपकरण सम्बन्धि सामाग्रीहरुको पहिलो प्रदशनी कनम्याक नेपालको प्रर्दशनीमा भाग लिन पाउँदा हामी निकै उत्साहित छौं । नेपाल सधैं जेसीबीको लागि एक अभिन्न अवसर भएको छ र हामी उक्त उत्खन्नन मेसिनको नयाँ डिलरसिपभवनको उद्घाटनको मार्फत विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त सामाग्रीहरु  प्रदान गर्ने प्रतिबद्धता गर्दछौं । एमअएडब्लु ले उक्त मेशिनहरु संचालन गर्न आवश्यक सुरक्षित प्रशिक्षण तथा तालिम आफ्नो प्रशिक्षण केन्द्रबाट प्रदान गर्दै आइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment