७ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग पराजित भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बीबीसीले एपीएफलाई ३–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए् तर, दोस्रो हाफमा एपीएफले एक गोल गर्दा बीबीसीले तीन गोल गर्यो ।
एपीएफले पहिलो हाफमै गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफको ६०औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर यो अग्रता केही बेरपनि टिक्न सकेन ।
खेलको ६४औं मिनेटमा बीबीसीका मनोज राईले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि एपीएफको खेल बिग्रिएको थियो । खेलको ६९औं मिनेटमा नै टाजुडिन अडुलुनीले गोल गर्दै बीबीसीलाई २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ७६औं मिनेटमा बीबीसीले फेरी अर्को गोल थप्यो । यसबेला कजिम एडलजोकले गोल गर्दै बीबीसीलाई ३–१ गोलको अग्रता दिलाएका थिए ।
खेलको ८९औं मिनेटमा एपीएफका विश्वास उदासले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनले बीबीसीका खेलाडीलाई खुट्टाले हानेका थिए । योसँगै बीबीसीले लिगमा पहिलो जित दर्ता गरेको छ ।
यसअघि खेलको दुबै खेलमा बीबीसी पराजित भएको थियो । एपीएफको भने यो पहिलो हार हो । एपीएफले यसअघि खेलको दुई खेलमा एक खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो ।
प्रतिक्रिया 4