+
+

किसानको गाइगोठमा मन्त्री, किसान दङ्ग

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते १८:२२

 ८ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुगे ।

मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आफ्नो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उनी अचम्मित र खुशी भए ।

कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा पुग्ने तदारुकता देखाउनु भएको छ । यस कार्यको पात्लेखेतका जनताले खुलेर प्रशंसा गरेका छन् ।

कृषि क्षेत्रको विकास तथा विस्तारका लागि राज्यले अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि विभागीय मन्त्रीले किसानको घर गोठमा पुग्दा धेरै विषयको जानकारी प्राप्त हुने धारणा कृषिविज्ञ कृष्ण पौडेलको छ ।

कृषक गौतमले झण्डै ८०० रोपनी जग्गामा तरकारी तथा फलफूल र ३०० भन्दा बढी गाईपालन गरेर उदाहरणीय काम गरेका छन्  ।

हालै गरिएको एक अध्ययनले नेपालको ४२ प्रतिशत जमिन बाँझो देखिएको छ तरपनि मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका ४० देखि ५० लाख युवा वैदेशिक रोजगारमा जानुले मुलुकमा कृषि परनिर्भरता बढेको छ ।

मन्त्री खनालले खेतीबाट फाइदा हुन सक्छ भन्ने हिस्सा सानो रहेको र केही गर्छौ भन्नेसँग श्रम, प्रविधि र जमिनको अभाव रहेकाले कृषिमा परनिर्भरता बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?