Comments Add Comment

यस्तो मन्दिर, जहाँ महिलाका वक्षस्थल र भित्री वस्त्रको पूजा गरिन्छ

काठमाडौं । मन्दिरमा देवी देवताका मूर्तिमा पूजा गरिनुपर्ने हो । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ, जहाँ महिलाका वक्षस्थल र भित्री वस्त्रहरुको पूजा हुन्छ ।

यस्तो विचित्रको मन्दिर जापानमा छ । जापानीहरु पनि हद गर्छन् भन्या । एउटा यस्तो मन्दिर बनाएका छन् जहाँ देवताका मूर्ति होइन मन्दिरभित्र यत्रतत्र वक्षस्थलका आकृति छन् । मानिसहरु यो मन्दिरमा वर माग्न जाँदा वक्षस्थलकै डमी चढाउँछन् ।

जापानको इबारकीस्थित वाकायाम सहरमा रहेको यो मन्दिर विश्वमा प्रसिद्ध छ । यो बौद्ध मन्दिर अहिले ब्रा अभ्यारण्यमा रुपान्तरण भएको छ । यो मन्दिरलाई वक्षस्थलकी देवी छिछिगमीसमको मन्दिर भनिन्छ । तिनै वक्षस्थलरुपी देवीको पूजा हुन्छ त्यहाँ ।

यो वर्षमा वर्षौंदेखि वक्षस्थल पूजाको प्रचलन रहेको हो । सुरक्षित प्रसूति तथा स्तन क्यान्सरबाट बच्ने भाकल गर्दै महिलाहरु त्यहाँ पुगेर स्तनका मूर्तिहरुमा पूजा गर्दछन् । भाकल पूरा भएका महिलाहरु त्यहाँ पुनः आएर कपासबाट बनेका स्तनका आकृतिहरु चढाउँदछन् । मन्दिरभित्र सबैतिर कपासका स्तन देखिन्छ ।

भक्तजनहरुले महिलाका अन्तर्वस्त्र पनि यहाँ चढाउँछन् र अन्तर्वस्त्रको पूजा पनि हुन्छ त्यहाँ । मन्दिरभित्र यत्रतत्र महिलाका अन्तर्वस्त्र झुण्डिएको देख्न सकिन्छ । त्यसैले यो मन्दिरको नाम नै ‘ब्रा टेम्पल’ अर्थात् वक्षदानी मन्दिर रहेको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment