Comments Add Comment

इंग्ल्यान्डद्वारा श्रीलंकासँगको टेष्ट सिरिज क्लिनस्वीप

१० मंसिर, काठमाडौं । इंग्ल्यान्डले श्रीलंकासँगको टेष्ट क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ ।

कोलम्बोमा सोमबार सम्पन्न तेस्रो तथा अन्तिम टेष्ट खेलमा घरेलु टोली श्रीलंकालाई ४२ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३–० ले जितेको हो ।

३२७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले तेस्रो दिन नै खराब सुरुवात गरेको थियो । तेस्रो दिन ५३ रन बनाउँदा आफ्नो महत्वपूर्ण ४ विकेट गुमाएको श्रीलंकाले चौथो दिनमा कुल २८४ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

श्रीलंकाका लागि कुशल मेन्दिसले ८६, रोशेन सिल्भाले ६५ र मेलिन्डा पुष्पकुमाराले अविजित ४२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र ज्याक लेचले समान ४–४ विकेट लिए ।

यसअघि आफ्नो पहिलो इनिङ्समा श्रीलंकाले सबै विकेटको क्षतिमा २४० रन बनाएको थियो । यता, इंग्ल्यान्डले भने आफ्नो पहिलो इनिङ्समा ३३६ र दोस्रो इनिङ्समा २३० रन बनाएपछि श्रीलंकाले ३२७ रनको लक्ष्य पाएको थियो ।

पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले घरेलु टोली श्रीलंकालाई २११ रनले पराजित गरेको थियो । दोस्रो टेष्ट खेलमा पनि इंग्ल्यान्डले श्रीलंकालाई ५७ रनले पराजित गर्दै सिरिज एक खेलअघि नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment