Comments Add Comment

भन्सार छलेको सामानसहित २ मोटरसाइकल बरामद

१० मंसिर, कैलाली । कैलालीको गोदावरी नगरपालिकामा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । गोदावरी नगरपालिका १३ स्याउलेबाट सामानसहित २ थान मोटरसाइकल बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिकाको फुलबारी नाकाबाट भन्सार छलि गौरीगगा नगरपालिका हुदै अत्तरिया लगिरहेको अबस्थामा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका निमित्त प्रमुख डीएसपी विष्णु भट्टले जानकारी दिए ।

उनले से २ प ५२१० र से ३ प ६८०४ नम्बरको मोटरसाइकल र त्यसमा प्रयोग हुने टायर ट्युब र कम्प्रेसर बरामद गरेको जानकारी दिए । बरामद गरेको करिव १ लाख ७३ हजार बराबरको सामानलाई त्रिनगर भन्सार कार्यालय बुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment