Comments Add Comment

विराज र निखिलको चुनौतीः करिअर जोगाउने कि निर्देशक बन्ने ?

केही अगाडिसम्म नेपाली चलचित्रमा नायक विराज भट्ट र निखिल उप्रेतीको बोलबाला थियो । अहिले त्यो बोलबाला सकिएको छ । एक्सन नायकहरुलाई चकलेटी नायकहरुले विस्तारै धावा बोलेका छन् । यसैले पनि नेपाली चलचित्रमा नै फेरि फर्किएका निखिल र विराजलाई अहिले करिअर जोगाउने चुनौती देखिएको छ ।

निखिल र विराजलाई लिएर केही निर्माताले लगानी गरेतापनि त्यो सुखद हुन सकेन । यसैले अहिले निखिल र विराज आफै निर्देशक पनि बन्ने धुनमा छन् । निखिलले त ‘भैरव’ निर्देशन गरिसकेका छन् । उनले निर्देशन गर्ने भनिएको अर्को चलचित्र ‘कमिटमेन्ट सिक्टी आवर्स’को छायांकन अहिले बन्द भएको छ । ३ करोड बजेटमा बन्ने भनिएको यो चलचित्रको छायांकन ३० प्रतिशत पनि पुरा नभई रोकिएको छ ।

‘जय परशुराम’ नचलेपछि नायक विराज भट्टलाई लिएर निर्माताले नयाँ चलचित्र बनाउने सोच बनाउन सकेका छैनन् । यसैले विराज पनि आफै नयाँ चलचित्र ‘साङ्लो’ बनाउन कस्सिएका छन् । विराज यो चलचित्रको निर्देशन पनि आफै गर्ने तयारीमा छन् ।

यता, नायक उप्रेतीले छायांकन भैरहेको चलचित्र पुरा गर्न नसक्दा अब नयाँ चलचित्र निर्देशन गर्ने धुन कसेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘भैरव २’ हो । आफ्नै कथामा निखिलले यो चलचित्र निर्देशन गर्नेछन् । यो चलचित्रबाट नयाँ कलाकार भित्राउने उनको सोच छ ।

नायकको रुपमा करिअर जोगाउने कि निर्देशक पनि बन्ने दोसाधमा निखिल र विराज छन् । चलचित्रको ट्रेन्ड परिवर्तन हुँदा यी दुई एक्सन स्टारहरुले पनि आफूलाई परिवर्तन गरेनन् भने उनीहरु समय अनुसार चल्न नसक्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment