Comments Add Comment

च्याम्पियन्स लिगः युभेन्टस र म्यानचेस्टर युनाइटेड नकआउट चरणमा

१२ मंसिर, काठमाडौं । इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई र म्यान्चेस्टर युनाइटेडले योङ ब्वाइजलाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

युभेन्टसले भ्यालेन्सियालाई १–० गोलअन्तरले पराजित गर्न सफल भयो । आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको लागि मारियो मान्डजुकिकले गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा मान्डजुकिकले गोल गरेका हुन् ।

बाँकी समयमा दुई टिमबाट गोल हुन नसकेपछि युभेन्टसले भ्यालेन्सियालाई १–० गोलअन्तरले पराजित गरेको हो ।

त्यस्तै, समूह एचकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले योङ ब्वाइजलाई १–० गोलअन्तरले पराजित गरेको छ । खेलको अन्तिम समयमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडले जित निकालेको हो ।

समूह ‘एच’ को शीर्ष स्थानमा रहेको युभेन्ट्सले पाँच खेलबाट १२ अंक बनाएको छ । पराजित भ्यालेन्सियाको भने पाँच खेलबाट पाँच अंक रहेको छ ।

यता, प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको म्यान्चेस्टर सिटीले पनि पाँच खेलबाट १० अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment