Comments Add Comment

च्याम्पिन्यस लिगः बायर्न र आयाक्स प्रि–क्वाटरफाइनलमा

१२ मंसिर, काठमाडौं । बायर्न म्युनिख र आयाक्स च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा जर्मन क्लब बायर्नले पोर्चुगलको बेन्फिकालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बायर्नको जितमा आर्जेन रोबिन र रोबर्टो लेवान्डोस्कीले समान २–२ गोल गर्दा अर्को एक गोल फ्रान्क रिबेरीले गरेका थिए । यता, बेन्फिकाका लागि गेड्सन फर्नान्डेजले गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । यता, लेवान्डोस्कीले च्याम्यिन्स लिगमा ५०औं गोल पनि पूरा गरेका छन् । उनी च्याम्पियन्स लिगमा ५० गोल पूरा गर्ने सातौं खेलाडी बने ।

त्यस्तै, यसै समूहअन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा आयाक्सले एथेन्सलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

जितसंगै शीर्ष स्थानमा रहेको बायर्नले समूह ‘ई’ पाँच खेलबाट १३ अंक बनाएर प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको आयाक्सको पनि समान पाँच खेलबाट ११ अंक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment