Comments Add Comment

नवलपुरको ब्रेथलाइजर बिग्रियो, मापसे गरी सवारी चलाउनेलाई हाइसञ्चो

१२ मंसिर, नवलपरासी । मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको जाँच गर्ने ब्रेथलाइजर मेसिन बिग्रिएपछि नवलपुरको सवारी जाँच प्रभावित भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरीले प्रयोग गर्दै आएको ब्रेथलाजर मेसिन बिग्रेको ६ महिनासम्म पनि मर्मत नभएपछि मापसे गरी सवारी चलाउनेहरुलाई हाइसञ्चो भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले बिग्रेको ब्रेथलाइजर मेसिन मर्मत स्थलबारे जानकारी नभएपछि नयाँ माग गरिएको जानकारी दिए ।

शाहीले मेसिन बिग्रिए पनि मापसे चेकिङ्ग भने नरोकिएको बताए । अन्य माध्यमबाट पनि चेकिङ गर्न सकिने भएकाले मापसे गरी सवारी हाँक्ने कारबाहीको दायराबाट उम्कन नपाएको जिकिर गरे ।

‘ब्रेथलाइजर मेसिन बिग्रिए पनि मापसे चेकिङ रोकिएको छैन’, प्रमुख प्रहरी निरीक्षक शाहीले भने, ‘अन्य माध्यमबाट पनि जाँच गर्न सकिने भएकाले निरन्तरता दिइरहेका छौं ।’

शाहीले यस्तो दाबी गरे पनि मापसे जाँच हराएको छ । यसले एकातिर सडक असुरक्षा बढाएको छ भने अर्कातिर राजश्व गुमिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment