Comments Add Comment

व्याँसमा क्षेत्रमा भारतीय दादागिरी: सरकार निरिह, ब्यापारीले फहराए नेपाली झण्डा

१२ मंसिर, दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा मानवीय बस्ती छनै । र, राज्यको उपस्थिति पनि छैन । जसकारण सीमा क्षेत्रमा विभिन्न अपराधिक गतिविधिहरु भइरहेका छन् ।

जिल्लाको उत्तर-पश्चिम त्रिदेशीय सीमा क्षेत्रमा यस्ता घट्नामा संलग्नहरुलाई राज्यको अनुपस्थितिले झन् सजिलो हुने गरेको छ ।

सामरिक महत्व बोकेको त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति हुनुपर्ने विभिन्न तह र तप्काबाट आवाजहरु आएपनि, संसद भवनमा यसबारे कुरा उठेपनि अहिलेसम्म त्रिदेशीय क्षेत्रमा बाह्रैमास उपस्थिति रहने व्यवस्था हुन सकेको छैन ।

व्याँस गाउापालिका-१ को व्याँस क्षेत्रलगायतका विभिन्न सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुँदा अपराधिक गतिविधिहरु तथा वन्यजन्तु चोरी शिकारी पनि हुने गरेको स्थानीयहरुको भनाइ छ ।

यस्तै, व्याँस गाउापालिका-१ र २ को भारतसाग जोडिएका सीमा क्षेत्रमासमेत बस्ती नहुँदाको भारतको मनपरी मौलाएको स्थानीयवासीको भनाइ छ ।

गतवर्षदेखि भारतले व्याँस गाउापालिका-२ का विभिन्न क्षेत्रमा सीमा नदी महाकालिमाथि आफूलाई फाइदा हुने स्थानहरुमा काठेपुल निर्माण गरी नेपाली भूमिका बाटो निर्माण गरी आवतजावत् गर्ने गरेको छ ।

यसरी भारतीय मनपरी चल्ने स्थानमा पनि नेपाली व्यापारीहरुले झण्डा फहराएर नेपालको चिनारी दर्शाइरहेका छन् ।

व्याँस गाउँपालिका वडा नम्बर २ स्थित भारतले काठेपुल निर्माण गरेको क्षेत्र तम्पाकु र नज्यांगको बीचमा पर्ने नदी बगरमा व्यापार गर्दै आएका महिमन भण्डारीले नेपाली झण्डा फहराएका छन् ।

व्याँस २ का महिमन भण्डारीले सीमा क्षेत्रमा त्रीपाल मुनि होटेल स-संगै राष्ट्रियता जोगाउन महत्वपूर्ण काम गरेको त्यो क्षेत्रमा भ्रमण गर्नेहरुले प्रतिक्रिया दिने गरेका छ् ।

तम्पाकु र नज्यांगको उक्त क्षेत्रमा भारतले आफ्नै लगानीमा गत वर्ष र यो वर्ष बाटो निर्माण गरेको थियो, जुन नेपाली भूमि हो ।

तम्पाकुदेखि नज्यांगसम्म झण्डै ३ किलोमिटर घोरेटो बाटो लोक निर्माण विभाग खण्ड अस्कोट पीथौरागढको लगानीमा निर्माण भइरहेको भारतीय ठेकेदार साजन विष्टले बताए ।

भारती लगानीबाट नेपाली भूमिमा नेपालीहरु नै प्रयोग गरी भारतले बाटो निर्माण गरिरहेको छ । गतवर्ष पनि झण्डै डेढ किलोमिटर लामो दुरीको सडक निर्माण गरेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

गतवर्ष भारतले डोजरसहितका विभिन्न मेसिनहरु ढुवानी गर्दा नेपाली भूमि प्रयोग गरेका प्रमाणहरु अझै पनि जिवितै रहेको छन् ।

हिउादमा महाकाली नदीमा पानीको सतह कम हुने भएकाले भारतबाट हेभी इक्युपमेन्टहरु नदीमाथि तराएर नेपाली भूमि प्रयोग गरी ढुवानी गर्ने बेला सडक बनाएको केही खण्डहरु अझै पनि देख्न सकिने अवस्था छ ।

यसरी सीमा क्षेत्रमा काम गर्दासमेत दुबै राष्ट्रको सहमति हुनुपर्ने प्रावधान भएपनि भारतले नेपाली भूमिमै मनपरी हुदाँ नेपाली प्रशासन निरिह बनेको ती व्यापारीहरुको गुनासो छ ।

भारतले नेपाली भूमिमै बाटो निर्माण गर्नु, सीमा क्षेत्रमा सडक निर्माण गर्दा जिलेटिन पड्काउनु भारतीय दादागिरी मौलाएको व्याँस-१ छाङरुका स्थानीयले आक्रोश व्यक्त गरे ।

राज्यले सीमा क्षेत्रमा खासै चाँसो नदेखाएपनि स्थानीयहरु भने राष्ट्रियता बचाउन र नेपालीहरुको चिनारीले राष्ट्रप्रतिको माया देखाइरहेका छन् ।

सोही क्षेत्रमा भारतले आफूखुशी नेपाली बाटो प्रयोग गर्ने तथा नेपाली भूमिमा बाटो निर्माण गर्ने गरेपनि नीर्भिक भएर स्थानीय व्यापारी महिमन भण्डारीले आˆनो त्रिपालमाथि चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराइरहेका छन् ।

सीमा क्षेत्रमा त्रिपाल मुनि होटेल सञ्चालन गर्दै आएका दुम्लिङका व्यापारी भण्डारीले नेपाली झण्डा कहिलै नत्याग्ने बताए । ‘नेपालीको छोरो हुँ, नेपाली झण्डा छोडिदैन’ उनले भने, ‘ राष्ट्रियता बचाउन एक कदम पनि पछि हटिदैन ।’

चीनसंगको सीमा क्षेत्रसम्म यातायात सेवा विस्ताका लागि भारतले घटियाबगर-लखनपुर-लिपुलेक सडक निर्माण गरिरहेको छ ।

भारतले उक्त सडकलाई मुख्य प्राथमिकता दिएको छ, जहाँ विभिन्न स्थानमा विदेशी मेसिनहरुबाट सडक निर्माण गरिँदै छ ।

ट्रयाक नखोलेका स्थानहरुमा डोजरलगायतका हेभी इक्युपमेन्टहरु ढुवानी गर्न भारतले नेपाली भूमि प्रयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment