१२ मंसिर, काठमाडौं । प्रदेश सरकारको आमन्त्रणमा कर्णाली भ्रमणमा गएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले रारा र शे-फोक्सोण्डो तालको जल लिएर बुधबार काठमाडौं फर्किएका छन् ।
‘कर्णाली रारा पर्यटन वर्ष-२०७५’ सफल बनाउन भन्दै कर्णाली सरकारले उपराष्ट्रपति पुनलार्इ अामन्त्रण गरेको थियो । भ्रमणका क्रममा उपराष्ट्रपति पुनले शे-फोक्सुण्डो ताल र रारालगायतका पर्यटकीय क्षेत्रको प्रबर्द्धन सम्बन्धी कार्यक्रममा सहभागी जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कर्णालीको समृद्धिको लागि पर्यन प्रबर्द्धन गर्नुपर्ने बताएका थिए । बुधबार आयोजित शे-फोक्सुण्डो पर्यटन प्रबर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शे-फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपीलसमेत गरेका थिए ।
‘कर्णाली गरीब होइन धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो,’ उनले भने, ‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे-फोक्सोण्डो यहीं छ । सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ ।’
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रबर्द्धन हुने बताए ।
कर्णाली भ्रमणको क्रममा उपराष्ट्रपति पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया 4