Comments Add Comment

प्रिमियर स्टिलको ‘प्राेडक्ट लन्च’ कार्यक्रम सञ्चालन

१३ मंसिर, काठमाडाैं । प्रिमियर स्टिल प्रालिले हालै प्रोडक्ट लन्च गरेको छ । यस कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी दिनुका साथै विक्रेताहरूलाई फ्याक्टी अवलोकनसमेत गराई उत्पादनका क्रममा हुने प्रक्रिया एवं गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो ।

प्रोडक्ट लन्च तथा अवलोकन कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमुख अभिजित सिंहको उपस्थिति थियो ।

शारडा ग्रुरुपका अध्यक्ष शिवरतन शारडाले उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको उत्पादन एक घण्टामा ४० टनका दरले उत्पादन गर्न सक्ने उद्योगको स्थापना गरिएको जानकारी दिए ।

अध्यक्ष शारडाका अनुसार २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गरिनेछ । उनले अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट फलामे डन्डीको उत्पादन गरिने कुरा बताए ।

उद्योगका निर्देशक अनुपम राठीले उद्योग स्थापना गर्ने सोच २०७२ सालमा आएको तर भूकम्प र नाकाबन्दीले ढिलो भएको स्पष्ट पारे ।
उद्योगका प्राविधिक निर्देशक अभिजित सिंहले उद्योगले टिएमटी छड उत्पादन गर्न चाहिने कच्चापदार्थ बिलेटमा पाइने विभिन्न गुणस्तरमध्ये प्राइमबिलेट मात्र प्रयोग गरिने दाबी गरे ।
निर्देशक सिंहले उद्योगमा पूर्ण स्वचालित रोलिङ प्रणाली भएकाले मानव जन्यगल्तीका कारण उत्पादन कमजोर नहुने बताए । त्यस्तै कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदासिमेन्टको मिश्रणसित बलियो बन्धन रहने उल्लेख गरे ।
प्रिमियर स्टिलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिम बंगालस्थित दुर्गापुरबाट कच्चापदार्थ बिलेट ल्याइनेछ । उद्योगलाई ६ मेगावाट विद्युत् आवश्यक पर्नेछ । डन्डीको मुख्यबजार तत्काल प्रदेश १ र २ रहेको बताए ।
केही समयपछि उत्पादनलाई मुलुकभरि नै पुराउने लक्ष्य राखिएको छ । भूकम्पबाट भत्किएका घरमध्ये ३० प्रतिशतको पनि पुनर्निर्माण भइसकेको छैन । हाइड्रोलगायत राष्ट्रिय गौरवका आयोजना धमाधम बन्दैछन् ।
अरुण तेस्रोलाई एक उद्योगको उत्पादनले पुग्ने छैन । त्यसैले आगामी दिनमा फलामे डन्डी र सिमेन्टको माग अझ धेरै हुने कुरामा शंका छैन ।
पूर्वमा सबैभन्दा पहिले फलामे डन्डीको उद्योग शारडा ग्रुपले नै मोरङको टंकीसिनवारीमा स्थापना गरेको थियो । यही ग्रुपको अग्रसरतामा ४० को दशकमा खुलेका एभरेस्ट आइरन र हेटौंडा आइरन नामका उद्योग हाल बन्द भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment