Comments Add Comment

नेपाल र फिलिपिन्सका उपराष्ट्रपतिको शिष्टाचार भेट

१४ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी उपराष्ट्रपति रोब्रेडोले शुक्रबार दिउँसो बहादुर भवन पुगेर समकक्षीसँग शिष्टाचार भेट गरेकी हुन् ।
समकक्षी बीचको भेटमा दुई देशको सम्बन्ध र सहकार्यलगायतको बारेमा छलफल भएको छ ।

भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले फिलिपिन्स नेपालको घनिष्ठ मित्र राष्ट्र भएको भन्दै सांस्कृतिकलगायतका धेरै समानताहरु रहेको बताए । ‘नेपाल र फिलिपिन्सबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ । पूर्वी दर्शनको मान्यता अनुसार ६० वर्ष अत्यन्त शुभ वर्ष हो’, उपराष्ट्रपति पुनले भने, ‘कुटनीतिक सम्बन्धको ६० वर्षले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने छ ।’

फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्न पाउँदा आफूले गौरव महसुस गरेको बताएकी थिइन् ।

उनले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै आउँदा दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरिन् । नेपाल र फिलिपिन्सबीच धेरै समानता रहेको चर्चा गर्दै उनले विकास र समृद्धिका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment