Comments Add Comment

मिराजको १२ विकेटसँगै बंगलादेशद्वारा सिरिज क्लिन स्वीप

१६ मंसिर, काठमाडौं । मेहदी हसन मिराजको १२ विकेटसँगै बंगलादेशले वेष्ट इन्डिजविरुद्ध दोस्रो टेष्टमा एक इनिङ र १८४ रनको फराकिलो जित हात पारेको छ । यससँगै उसले दुई टेष्टको सिरिज क्लिन स्वीप गरेको छ ।

शेर बंगला नेशनल स्टेडियममा ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेष्टइण्डिज १११ रनमा अलआउट भयो ।

बंगलादेशले ५०८ रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गरेको थियो । ३९७ रनले पछि परेको वेष्टइण्डिज दोस्रो पारी थाल्यो तर २१३ रनमा समेटियो । सिम्रोन हिटम्येरले ९३ रन बनाएका थिए ।

वेष्ट इन्डिजको पहिलो पारीमै सात विकेट लिएर सनशनीपूर्ण प्रदर्शन गरेका मिराजले दोस्रो इनिङ्समा पाँच विकेट लिन सफल भए ।

यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment