Comments Add Comment

‘रेसिङ डिएनए’ भएको नयाँ यामाहा आर१५ भी३ अब नेपालमा

१८ मंसिर, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ ।

नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनी बताउँछ ।

सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखिएको जनाइएको छ ।

कम्पनीका अनुसार यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ, जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ ।
यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिने र ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउने कम्पनी बताउँछ ।

१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको र ‘एग्रेसिभ राइडिङ पोजिसन’ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्ने जानकारी विज्ञप्तिमा छ ।

‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीइओ चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ आर१५ भी३ले लोकपि्रय १५० सीसीको सेग्मेन्टमा यामाहाको उपस्थितिलाई दमदार बनाउनुका साथै नेपाली बजारमा यामाहाको ब्रान्ड भ्यालुलाई नयाँ उचाइमा पुर्‍याउने छ ।’

‘यामाहाको आर सिरिजले मोटो जिपी जस्ता कयौं रेसिङ प्रतियोगिताहरु जितेर थुप्रै रेकर्ड राखिसकेको छ । यही आर सिरिज अन्तर्गतको आर१५ भी३ अहिले नेपालमा आएको छ, जसको टेक्नोलोजी र पर्फमेन्सले नेपाली ग्राहकलाई रेसिङ ट्रयाकमा चलाएको अनुभव दिलाउनेछ,’ उनले अगाडि भने ।

आर१५ भी३का स्पेसिफिकेसन

इन्जिनः

– ५८ एमएम X ५८.७ एमएमको नयाँ बोर एक्स स्ट्रोक रेसियो र उच्च कम्प्रेसन रेसियो भएको १५५ सीसीको ठूलो इन्जिन

– लामो समयसम्म टिक्ने उच्च गुणस्तरको एलुमिनियम पिस्टन र डायसिल सिलिन्डर

– ५.५ लिटरको एअर क्लिन -जुन अघिल्लो पुस्ताको भन्दा ६० प्रतिशतले ठूलो छ), ३० एमएमको ठूलो इन्टेक पोर्ट र भल्भ डिजाइन

– पम्पिङ लस घटाउने र पावर बढाउने नयाँ डिजाइनको क्र्यांक केस भेन्ट

– चाँडै इन्जिनलाई वार्म-अप गर्ने प्रविधि

– नयाँ डिजाइनको मफलर

स्टाइल/डिजाइन

– आर१ र आर६बाट प्रभावित डिजाइन र स्टाइल

– ब्युटी र स्पिडको संयोजनलाई झल्काउने ग्राफिक्स

– आर१ को झल्को दिने फ्रन्ट फेस

– एयरफ्लोलाई भिजुअल र्फम दिने फेरिङहरु

– पर्फमेन्स र ह्यान्डलिङलाई प्रतिविम्बित गर्ने सिलहट

– गियरबारे जानकारी दिने इन्डिकेटर

– एग्रेसिभ लुक भएको ककपिट र १८ प्रकारको सूचना दिने इन्स्ट्रयुमेन्ट कन्सोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment