Comments Add Comment

झापा आगलागी पीडितको गुनासो- उपचारमा समस्या भयो

१८ मंसिर, मोरङ । झापाको शिवसताक्षी नगरपालिका-७ का लक्ष्मण खनालको परिवार नै सखाब हुने गरी भएको आगलागीका क्रममा घाइते भएकी महिलाको उपचारमा समस्या भएको छ ।

गत मंसिर ९ गते राति शिवसताक्षी- ७ लालझोडामा लक्ष्मण खनालको घरमा लागेको आगो निभाउने क्रममा ग्यासको सिलिण्डर पड्किएर घाइते भएकी छिमेकी ३३ वर्षीय गीतादेवी घिमिरे ढुंगेलको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

सिलिण्डरको पिदले हातमा लागेपछि घाइते भएकी गीताको विराटनगर स्थीत नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ । नौ दिनयता उपचार गराइरहेकी ढंगेलको उपचारमा आर्थिक अभाव भएको हो ।

आगलागिका क्रममा घाइते भएकी उनले आफ्नो स्वास्थ्यका बारेमा कसैले चासो नदिएको बताइन् । ‘आगो निभाउन मोटरको पाइप लाने क्रममा पाइप चुटियो । चुटिएको पाइप नजोडिएपछि हातले समतेर बसेको थिए,’ उनले भनिन, ‘पड्किएर माथि पुगेको सिलिण्डरको पिदले हातमा लाग्यो ।’
सिलिण्डरको पिदले लागेपछि दाहिने हातमा गहिरो चोट लागेको थियो । उनको हात पनि भाच्चीएको छ । ‘घाउको त सल्यक्रिया भयो अब भाँचिएको हड्डी जोड्न स्टिल हाल्न बाँकी छ ।’ उनले भनिन, ‘स्टिल लगाउन खर्च अभाव छ ।’

गीताको हातको सल्यक्रिया गर्न नै ६० हजार भन्दा बढी खर्च भैसकेको उनका श्रीमान गणेशप्रसाद ढंगेलले बताए । स्टिल हाल्न बाकी रहेको बताउँदै उनले आफूहरुसँग उपचार खर्च नभएको बताए । ‘अस्पताल र औषधिको पैसा बाकी छ,’ उनले भने, ‘विरामीको अवस्था कस्तो छ भनेर स्थानीय सरकारले चासो दिएन ।’ श्रीमतीको उपचार गर्न खर्च नभएको बताउँदै उनले नगरपालिकाले उपचारमा सहयोग नगरेको बताए ।

गत मंसिर ९ गते राति आगलागि हुँदा लक्ष्मण खनाल सहित उनकी श्रीमती राधिका, छोरी ४ वर्षीय चन्द्रा र ५ महिनाका छोरा टीकारामको मृत्यु भएको थियो । आगोले काठको दुई तले घर पनि पूर्णरुपमा जलेर खरानी भएको थियो ।

उपमेयर भन्छिन्-घाइतेलाई दिने कोष छैन

यता शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले घाइते व्यक्तिको उपचारका लागि नगरपालिकामा छुट्टै कोष नभएको बताइन् ।

आगलागीमा घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न नपाएको बताउँदै उनले कुनै स्रोत मार्फत उपचारमा सहयोग गर्न सकिने बताइन् ।

मृतक परिवारलाई कि्रयाखर्च बापत २ लाख रुपैयाँ सहयोग गरेको बताउँदै उनले घाइतेको उपचारका लागि पनि केही सहयोग गर्न सकिने जानकारी दिइन् ।  ‘उहाँ अस्पतालमै हुनुहुन्छ कि घर आउनु भयो हामीलाई जानकारी नै छैन्,’ उनले भनिन्, ‘यता व्यस्त भएका कारण घाइतेलाई भेट्न सकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment