Comments Add Comment

समुदाय-प्रहरी साझेदारी मार्फत गाउँगाउँमा सचेतना

१९ मंसिर,गुल्मी । मदिराका कारण अपराधका घटनामा वृद्धि हुँदै गएपछि गुल्मीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरी र स्थानीय सरकार टोलटोलमा पुगेर सचेत गारउन थालेको छ ।

ल्मीका प्रहरी प्रमुख एसपी दिपक बस्नेत र इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टसहितको टोली बुल्मको कुमाल गाउँ पुगेर सचेतना तथा अन्तरक्रिया गरेको छ ।

बुल्मका करिव डेढ सय कुमाल समुदाय उपस्थितीमा प्रहरी प्रमुख बस्नेतले मदिरा सेवनका कारण इश्मामा घटेका हत्या, बलात्कार, आत्म हत्या लगायतका घटना र मुद्दाको बारेमा जानकारी दिएका थिए । उनले सवै घटनाको अन्तिम कारण मदिरा भएकाले नियन्त्रण, उत्पादन र बिक्री वितरणमा गाउँपालिका र प्रहरीको सक्रियतामा चाहिने बताए ।

जिल्लाका सवैभन्दा धेरै कुमाल परिवार भएको गाउँपालिका इश्मा हो । गाउँपालिकाको वडा नं ६ अम्मरपुरको बुल्म, वडा नं ५ को हुलाके, वडा नं ३ को खहेरा र वडा नं २ को पालुखा र रातचौर कुमाल समुदायको मुख्य बसोबास हो ।

इश्मा गाउँपालिकामा कुमालसंगै गुरुङ्ग र मगर लगायतका जनजाति र दलित समुदाय पनि उत्तिकै छन् । अधिकांशका छोराछोरी सदरमुकाम र देशका साना ठुला शहरका होटलहरुमा भाँडा माझ्ने गर्छन् ।

यो समस्या गुरुङ्ग मगरमाभन्दा दलित र कुमाल समुदायमा बढी छ । यो समुदायको आम्दानीको स्रोत मजदुरी नै हो । धेरै परिवारमा श्रीमान श्रीमतीनै मदिरा सेवन गर्छन् । जसका कारण यो समुदायमा हत्या, बलात्कार र घरेलुहिंसाका घटना भैरहेका छन् । गुल्मीका १२ स्थानीय तह मध्ये अहिले इश्मा गाउँपालिका अपराधमा रेड जोन बनेको छ ।

मदिराका कारण अपराधका घटना बढ्दै जान थालेपछि अभिभावहरुसमेत चिन्तित छन् । इश्मा गाउँपालिका ४ की बाल कुमारी अधिकारीले अहिले घरेलु मदिरासंगै ७० युपिको रक्सीका कारण समस्या भैरहेको बताइन् । इश्मा गाउँपालिका ५ का छविलाल अधिकारीले अहिले रक्सी नदिए काम गर्ने खेतला पाउन समेत मुस्किल पर्ने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment