Comments Add Comment

प्रस्तावित राजदूतको सुनुवाई २३ गते

१९ मंसिर, काठमाडौं । भारतसहित चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुलाई सुनुवाईका लागि बोलाएको । त्यसअघि २१ गते उजुरीकर्ताहरुलाई बोलाइएको छ ।

सरकारले भारतका लागि राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएई कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।

संघीय संसद संसदीय सुनुवाई समितिले उजुरी आव्हान गरेकोमा एक मात्र उजुरी परेको छ ।

उजुरी सतिसराज मैनालीले गरेका हुन् । तर, मैनालीको उजुरी कुनै ब्यक्ति उपर आक्षेपमा केन्द्रित नभइ राजदूत नियु्क्तिको समग्र विषयमा केन्द्रित रहेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘राजदूत नियुक्तिका लागि एउटा सुझावमा रुपमा एक मात्र उजुरी प्राप्त भएको छ । त्यसमा विगतको र वर्तमानको अवस्था केलाइएको छ,’ कर्णले भने, ‘उक्त सुझावका सन्दर्भमा समेत छलफल गर्नका लागि यही २१ गते उजुरीकर्तालाई बोलाउने निर्णय भएको छ ।’

उजुरीकर्ता मैनालीले राजदूतहरुको उमेर ग्याप धेरै भएको र त्यो हुन नहुने, दलीय भागवण्डाको प्रवृति अन्त्य हुनुपर्ने, परराष्ट्रको चेन अफ कमाण्डमा रहनुपर्ने, पदावधि निश्चित हुनुपर्ने लगायतका विषयमा सुझाव दिएका जनाइएको छ ।

अनुभवी राजदूतसँग छलफल गर्ने

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले राजदुत नियुक्तिका समग्र विषयका सन्दर्भमा अनुभवी राजदूतसँग छलफल गर्ने निर्णय गरेको छ । राजदूत नियुक्तिका आधार के कस्ता  हुन सक्छन्  ?  यसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने सन्दर्भमा अभुवभी राजदूतहरुसँग छलफल गर्न लागेको सभापति कर्णले बताए ।

समितिले २१ गते बिहान ११ बजेका लागि राजदुत्त नियुक्तीको मापदण्डका सन्दर्भमा छलफल गर्न पुस्करमान सिंह राजभण्डारी, रामभक्त पिभि ठाकुर, प्रल्हादकुमार प्रसाईँ, र निरञ्जनमान सिंहलाई बोलाउने निर्णय भएको छ । समितिले २१ गते दिउँसो २ बजे जै उजुरीकर्तालाई पनि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment