Comments Add Comment

सुटुक्क अदालतमा हाजिर भएका वडाध्यक्ष धरौटीमा छुटे

१९ मंसिर, मोरङ । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको आरोपमा फरार रहेका विराटनगर महानगरपालिका-१ का अध्यक्ष उद्धव अर्याल सुटुक्क अदालतमा हाजिर भएका छन् ।

तीन महिनादेखि फरार रहेका वडाध्यक्ष अर्याल बुधबार जिल्ला अदालतमा मोरङमा हाजिर भएका हुन् । ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दामा बुधवार नै जिल्ला अदालत मोरङले अर्याललाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायधिस महेन्द्रप्रसाद पोखरेलको इजलासले थुनछेक बहस पछि दुईवटा मुद्दामा ६-६ हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए ।

विराटनगर महानगरपालिका १ बस्दै आएका सत्यनारायण पौद्दारले सातजना भारतीयलाई आफ्नो छोरा भएको सिफारिस गराउँदै नेपाली नागरिकता दिलाएका थिए ।

पोद्दारका छैटौ र सातौ छोराकालागि वडाध्यक्ष अर्यालले वडाबाट सिफारिस गरेका थिए । अन्य पाच जनाकालागि भने वडा सचिव पुष्पा तिम्सिनाले सिफारिस गरेकी थिइन् ।

विराटनगर १ का वडा सदस्य रमेश साहले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेका थिए ।

प्रतिव्यक्ति २२ हजार भारु लिएर उनले २०७१ सालयता ७ जनालाई नागरिकता बनाउन सहयोग गरेका थिए । नगरपालिकाको वडा सदस्यहरुको सञ्जालका अध्यक्ष समेत रहेका साह र सचिव तिम्सीना अझै फरार छन् ।

पौद्दारलाई गत कात्तिक ११ गते जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment