Comments Add Comment

भारतले खराब प्रदर्शन गर्दा पुजराले बनाए १२३ रन

२० मंसिर, काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब प्रदर्शन गर्दै पहिलो दिनको समाप्तिमा ९ विकेटको क्षतिमा २५० रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवात गरेको थियो । तीन रन हुँदा पहिलो विकेटको रुपमा लोकस राहुललाई गुमाएको भारतले १९ रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान विराट कोहलीलाई गुमाएको थियो ।

तर भारतका लागि चेतेश्वर पुजराले उकासे । उलने आफ्नो टिमका लागि १२३ रन बनाए । उनकै शतकीय रनसँगै भारतले केही राहत पाएको हो । भारतका अन्य खेलाडी सस्तैमा समेटिएका हुन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोस हज्लेवोड, पट कुमिन्स र नाथन लियोनले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment