Comments Add Comment

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

काठमाडौं । ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी बिहीबार सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्‍याइएको छ ।

विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो । नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित स्थान सगरमाथाआधार शिविर पुर्‍याएको सङ्का अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

शुक्रबार ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शन गरिनेछ । “विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइनेछ”, उनले भने ।

२२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

रग्बीको विश्वकप ट्रफी  नेपालमा पहिलोपटक ल्याइएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ ।

विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment