+
+
Shares

मिस वर्ल्डमा श्रृंखलालाई साथ दिन नेकपा नेता बेइजिङ पुगे !

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते ९:४४

२१ मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् ।

मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको प्रतियोगिता भइरहेको छ ।

श्रृंखलाका पिता बिरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद छन् भने आमा मुनु सिग्देल नेकपा मकवानपुरकी नेता तथा प्रदेशसभा सदस्य हुन् । उनीहरु दुबैजना अहिले चीन पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा बिहीबार बेइजिङ पुगेकी छिन् ।

त्यसैगरी, तत्कालीन एमालेका मकनवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहालसहित श्रृंखलाका काकाकाकी, मामामाइजू लगायत तत्कालीन एमालेका नेता कार्यकर्ताको करिब ४० जनाको समूह बेइजिङ पुगेको छ ।

श्रृंखलालाई हौसला दिन उनका भाइ पनि अष्ट्रेलियाबाट चीन आइपुगेको आमा मुनु सिग्देलले अनलाइनखबरलाई बताइन् ।

आफन्त र नेकपाका नेताहरु तथा जनप्रतिनधिहरु सबै आ–आफ्नै खर्चमा बेइजिङ गएको पारिवारिक स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?