Comments Add Comment

एडिलेड टेष्टः भारतले अष्ट्रेलियालाई दियो ३२३ रनको लक्ष्य

२३ मंसिर, काठमाडौं । एडिलेडमा भइरहेको भारत र अष्ट्रेलियाको पहिलो टेष्ट रोमाञ्चक स्थितिमा पुगेको छ ।

चौथो दिन भारतको दोस्रो पारी ३०७ रनमा समेटियो । अब घरेलु टोलीले जितका लागि ३२३ रनको लक्ष्य पाएको छ । भारतको अन्तिम चार विकेट चार रनभित्र गुम्यो । यसको सुरुवात आर अश्विनको विकेटबाट भएको थियो ।

उनी सातौं विकेटका रुपमा ३०३ स्कोर हुँदा आउट भए । अर्को बलमा रहाणे आउट भए । अघिल्लो ओभरको दोस्रो बलमा मोमम्मद शमी आउट भए । ३०७ रनको स्कोर स्कोरमा इशान्त शर्मा भारतको अन्तिम विकेटका रुपमा आउट भए ।

भारतले ३ विकेटको क्षतिमा बनाएको १५१ रनबाट चौथो दिनको खेल तथालेको थियो । पहिलो पारीमा शतक बनाएका चेतेश्वर पुजारा र अजिन्क्या रहाणेले पारी सम्हाल्ने प्रयास गरेका थिए । पुजारा ७१ रनमा आउट भए ।

रोहित शर्मा मात्र एक रनमा आउट भए ऋषव पन्तले चार चौका र एक छक्काको मदतमा २८ रनको छोटो पारी खेले । अर्को एण्डमा टिकेर खेलिरहेका रहाणले ७० रन बनाए । तर, पछिल्लो क्रमका ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।

भारतले पहिलो पारीमा २५० रन बनाएको थियो भने अष्ट्रेलियाले २३५ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment