Comments Add Comment

भ्रष्टाचार बेश्यावृत्तिभन्दा पनि खराब होः नवीन घिमिरे

२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

अख्तियार विरुद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अख्तियार प्रमुख घिमिरेले भ्रष्टाचार गर्ने तरिका समेत फेरिएको बताए । ‘यसको तरिका पनि फेरिएको छ । हामी पनि सोहीअनुसार अनुसन्धान गर्छाै, खोज्छौ,’ घिमिरेले अघि भने, ‘ भ्रष्टाचार ब्यस्याबृत्ति भन्दा पनि खराब हो ।’

संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको भन्दै उनले भ्रष्टाचारमा मौनता झन ठूलो भ्रष्टाचार भएको टिप्पणी गरे ।

अहिले कार्यालयबाट दिनहुँजसो स्टिङ् अपरेसन गरिरहेको जानकारी दिदै प्रमुख घिमिरेले भ्रष्टाचार नियन्त्रण प्रयास गरिरहेको बताए ।

यो पनि पढ्नुहोस्

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment