Comments Add Comment

केदारबहादुरलाई दिइएको स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी फिर्ता गर्न माग

२४ मंसिर, काठमाडौं । गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिएको भन्दै नेपाल चिकित्सक संघले बिरोध जनाएको छ ।

सरकारले आइतबार प्रधानमन्त्री कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई सचिवमा सरुवा गरेकोमा संघले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो प्राविधिक मन्त्रालयमा गैरस्वास्थ्यकर्मी सचिवमा नियुक्त गरेको भन्दै निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

साथै, सरकारको निर्णयको बिरोध जनाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रहसमेत गरेको छ ।

‘स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरीत गैरस्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषमपूर्ण परिस्थितिमा निर्बाधरुपमा पुर्‍याउँदै आएको स्वास्थ्य सेवा प्रवाहमा तत्काल असर पर्ने भएको हुँदा उक्त निर्णय यथाशीघ्र फिर्ता लिन नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’

संघले सोही विज्ञप्तिमार्फत सरकारले ०७१ भदौ ८ गते आफूहरु संग गरेको सहमति विपरीत गैरस्वास्थ्यकर्मीलाई सचिवको रुपमा स्वास्थ्य मन्त्रालयमा ल्याएको आरोपसमेत लगाएको छ ।

गत सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या सचिवको जिम्मेवारी पाएका अधिकारीले सोमबार मन्त्रालय पुगेर पदभार समालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment