२४ मंसिर, काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) मंगलबार (भोलि) बाँडफाँट हुने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ मंगलबार जारी गर्न लागिएको हो ।
कम्पनीले गत मंसिर १६ गतेदेखि १९ गतेसम्म आईपीओका लागि आवेदन आहृवान गरेको थियो । कम्पनीको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट हुने बताइएको छ ।
आईपीओका लागि आवेदन दिएर रुजु भएका सबैको भागमा सेयर पर्ने छ । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार अधिकांशको भागमा २० कित्ता र बाँकीको भागमा १० कित्ताका दरले सेयर पर्ने सम्भावना रहेको छ । कम्पनीको साधारण सेयरका लागि करिब ८४ हजार आवेदन परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4