Comments Add Comment

यो हो सबैभन्दा धेरै डिसलाइक पाउने युट्युब भिडियो (भिडियोसहित)

सन् २०१८ मा युट्युबमा चर्चित घटनालाई समेटेर तयार पारिएको एउटा भिडियो युट्युब इतिहासकै सबैभन्दा धेरै डिसलाइक पाउने दोस्रो भिडियो बनेको छ ।

सन् २०१८ मा युट्युबमा चर्चा कमाएका भिडियो, संगीत तथा ट्रेण्डका बारेमा रिक्याप प्रस्तुत गरिएको ‘युट्युब रिविन्ड २०१८’ नामक भिडियो इतिहासकै सबैभन्दा मन नपराइएको भिडियोको सूचीमा दोस्रो स्थानमा परेको छ ।

युट्युब स्पटलाइट च्यानलमा अपलोड गरिएको यो भिडियो हालसम्म ७३ लाख जनाले डिसलाइक गरेका छन् । जबकि, लाइक गर्नेको संख्या जम्मा २० लाख छ । यो भिडियो हालसम्म झण्डै १० करोडले हेरिसकेका छन् ।

युट्युबमा हालसम्म सबैभन्दा धेरै डिसलाइक पाउने भिडियो जस्टिन बिबरको बेबी गीतको भिडियो हो । जसलाई हालसम्म ९७ लाखले डिसलाइक गरेका छन् ।

जबकि बिबरको उक्त भिडियोमा यतिधेरै डिसलाइक आउन आठ वर्षको लागेको छ । तर युट्युबको पछिल्लो भिडियोले भने चार दिनमै यतिधेरै डिसलाइक कमाएको छ । यो ट्रेण्ड हेर्दा यो भिडियो छिटै नै इतिहासकै मन नपराइएको भिडियो बन्ने पक्का छ ।

आखिर यो भिडियो किन यति धेरैले मन पराएनन् त ?

सन् २०१८ लाई फर्केर हेर्दा विषयक यो भिडियोले आलोचनाको शिकार बन्नुको मुख्य कारण यस वर्षका कतिपय युट्युब स्टारहरुलाई नसमेटिनु हो । लोगान पाउनल, शेन डसन तथा पिउडाइपाइ लाई यसमा समेटिएको छैन ।

टप युट्युब च्यानल हुनका लागि बलिउड च्यानल टी सिरिजसँग तीव्र प्रतिस्पर्धामा रहेको पिउडाइपाइलाई समावेश नगरिएको विषयमा धेरैले टिप्पणी गरेका छन् । यो च्यानलका ७ करोड ५० लाख सब्सक्राइबर छन् ।

त्यस्तै लोगान पाउल र केएसआइबीचको बक्सिङलाई पनि समावेश नगरिएको विषयमा आलोचना गरिएको छ । स्मरणरहोस् उक्त स्पर्धालाई ८ लाख युट्युब प्रयोगकर्ताले स्ट्रिमिङ्ग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment