Comments Add Comment

हरिवंशको अंगालोमा निरुता र बर्षा

काठमाण्डौको मह स्टूडियोमा पुग्दा चलचित्र ‘दाल भात तरकारी’को छायांकन भैरहेको थियो । काठमाण्डौ बाहिरको करिब ४० प्रतिशत छायांकन सकेर यो चलचित्रको टिम काठमाण्डौ आएको हो । काठमाण्डौमा सुरु भएको छायांकनमा नायिका बर्षा राउत पनि आवद्ध भएकी छिन् । मह स्टूडियोमा जारी छायांकनमा नायिका निरुता सिंह र बर्षा राउत चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यको साथमा देखिए ।

सुदन केसीको निर्देशनमा तयार भैरहेको चलचित्रको अब एक महिनाको छायांकन बााकी रहेको कलाकार तथा निर्माता किरण केसीले जानकारी गराए । चलचित्रमा हरिवंशकै कथा, पटकथा तथा संवाद छ । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आाचल शर्मा, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, बर्षा राउतको मुख्य भूमिका छ । नायिका प्रियंका कार्कीले यो चलचित्रमा आइटम नृत्य गरेकी छिन् ।

निर्माता केसीले चलचित्रको अप्ठ्यारो दृश्यहरुको छायांकन सकिएको बताए । यस्तै, केसीले नायिका निरुता सिंहको कामको पनि प्रशंसा गरे । नायिका सिंहको कमेडी टाइमिङ पनि उत्कृष्ट रहेको केसीले बताए ।

नायिका निरुता सिंहले पनि एउटा राम्रो चलचित्रमा काम गर्न पाएको बताइन् । यो चलचित्रमा उनी हरिवंशकी श्रीमतिको भूमिकामा देखिदैछिन् । चलचित्रलाई वि.सं २०७६ साल वैशाख १३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment