Comments Add Comment

भैरहवाद्वारा चितवनसामु १४४ रनको लक्ष्य पेश

२५ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई १४४ रनको चुनौती पेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभर सकिन तीन बल बाँकी छदा सबै विकेटको क्षतिमा १४३ रन बनाएपछि चितवनले मध्यम स्कोरको चुनौती पाएको हो ।

भैरहवाका लागि रायन टेन डोइस्च्याटले ३५, प्रदीप ऐरीले २६ र रविइन्दर सिंहले २५ रन बनाए ।

बलिङतर्फ चितवनका सागर ढकालले तीन विकेट लिए । त्यस्तै, जर्ज स्कटले दुई विकेट लिए ।

लगातार दुई खेलमा पराजित भएको चितवनले आजको खेलमा जित हात पर्नै पर्ने अवस्था रहेको छ ।

यसअघि चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनले पराजित भएको थियो भने काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको थियो । भैरहवाले भने आफ्नो पहिलो खेलमा पोखरा राइनोजलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment