Comments Add Comment

च्याम्पियन्स लिग : लिभरपुल, नापोली र पीएसजीमध्ये कुन दुई ?

२५ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति पौने २ बजे समूह चरणको अन्तिम खेलमा लिभरपुल, नापोली र पीएसजी दबावमा हुने छन् । समूह ‘सी’ बाट अघिल्लो चरणमा जाने टुंगो अन्तिम खेलबाट नै लाग्ने छ ।

फ्रेन्च क्लब पीएसजीले सर्वियन क्लब रेड स्टार बेलग्रेडसँग साथै इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब नापोलीसँग खेल्नेछ ।

अन्तिम खेलअघि नापोली ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । पीएसजीको ८ अंक छ भने लिभरपुलको ६ अंक छ । यसैले पनि अघिल्लो चरणमा पुग्न कठिन अवस्था लिभरपुलको नै देखिन्छ । घरेलु मैदानमा भएकाले लिभरपुललाई नापोलीसँग केही सहजता भने हुनेछ ।

लिभरपुलले नापोलीलाई जितेर पीएसजी रेड स्टारसँग हारेमा लिभरपुल र नापोली अघिल्लो चरणमा पुग्ने छन् । पीएसजीले रेड स्टार बेलग्रेडलाई हराएमा स्वत: अघिल्लो चरणमा पुग्ने छ ।

लिभरपुल र नापोलीको खेल बराबरी भएमा पीएसजी र नापोली अघिल्लो चरणमा पुग्ने छन् । पीएसजीले बराबरी खेलेर यदि तीनै क्लबको ९ अंक भएमा अघिल्लो रचणमा जान हेड टु हेडलाई आधार बनाइने छ ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले एनफिल्डमा नापोलीविरुद्ध आफूहरुको खेल खासै राम्रो नभइरहेको अवस्थालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

‘हामीले पुरानो स्थितिलाई परिवर्तन गर्नैपर्छ । नापोलीविरुद्ध खेलाडी मात्रै होइन, हाम्रा समर्थकहरु पनि हुनेछन् र उनीहरुको हुटिङले हामीलाई बल पुग्ने छ भन्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment