Comments Add Comment

ललितपुरका तोमरको गलत बलिङ एक्सन, ईपीएलमा ब्यान्ड

२५ मंसिर, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा ललितपुर प्याट्रियोट्सका भारतीय खेलाडी गौरव तोमरलाई बलिङ प्रतिबन्ध लगाइएको छ ।

अम्पाएरले उनको बलिङ एक्सन अवैध भएको बताएपछि उनको बलिङमाथि अनुसन्धान गरिएको थियो । प्रतियोगिताको टेक्निकल कमिटीले भिडियो एनालाइसिस गर्दा उनको बलिङ एक्सन अवैध भएको ठहर गर्दै प्रतियोगिताभर बलिङ गर्न नपाउने जनाएको हो ।

तोमरले विराटनगरविरुद्ध ४ ओभर बलिङ गर्दै १० रन खर्चेर ३ विकेट, चितवनविरुद्ध ४ ओभर बलिङ गर्दै १ ओभर मेडनसहित २४ रन खर्चेर १ विकेट लिएका थिए । साथै पोखराविरुद्ध ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चेका छन् ।

पोखरा राइनोजका सुबेन्दु कारबाहीमा

पोखरा राइनोजका खेलाडी सुबेन्धु पाण्डे खेल भावना विपरीत व्यवहार देखाएकाले कारबाहीमा परेका छन् ।

उनले खेल भावना विपरीत काम गर्नुका साथै आचारसंहिता उल्लङ्घन गरेकाले मंगलबारको म्याच फिको १० प्रतिशत जरिवाना तिराइएको हो ।

मंगलबार भएको पोखरा र विराटनगर वारियर्सबीचको खेलमा पोउल भ्यान मिकेरेनको बलिङमा सुबेन्धु रन नबनाउँदै आउट भएका थिए । जसमा उनले अम्पायरको निर्णयको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment