Comments Add Comment

‘राम राज्य’मा पकेटमारको बिगबिगी ! डेढ दर्जन समातिए

२६ मंसिर, जनकपुरधाम । भनिन्छ, रामराज्यमा चोरी, डकैती लगायत अपराधका घटनाहरु हुँदैनन् । तर, कलियुग लागेपछि के गर्ने ? जनकपुरधाममा राम–सीता विवाह महोत्सव चलिरहँदा पकेटमारहरुको बिगबिगी भएको छ ।

विवाह महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने भएपछि सरकारले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ । तर, यसवीचमा पनि मानिसहरुको भीडभाडमा पकेटमारहरु सक्रिय बनेको प्रहरी अधिकारीहरु बताउँछन् ।

विवाह महोत्सवमा सादा पोशाकमा खटिएका सुरक्षाकर्मीहरुले डेढ दर्जन पाकेटमारलाई नियन्त्रणमा लिएका छन् ।

भीडभाडमा पकेटमारहरुबाट पर्स र मोबाइल चोरी हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई आफ्नो सामानको सुरक्षामा सतर्कता अपनाउन भनेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment