Comments Add Comment

आदित्यनाथको सन्देशः राम-सीता नेपाल र भारतका साझा सभ्यता

२६ मंसिर, काठमाडाैं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् ।

राम-सीताले पालना गरेको आदर्श र मूल्यहरुले सबैलाई प्रेरणा दिने उनको लिखित सन्देशमा उल्लेख छ ।

विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आएका आदित्यनाथले लिखित जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसपछि उनले लिखित सन्देश दिएका हुन् ।

उनले जनकपुरधाममा पूजाअर्चना गर्न र महाराज जनकको भूमिको यात्रा गर्न पाएकोमा आफू धन्य भएको उल्लेख गरेका छन् । साथै आफ्नो प्रतिनिधिमण्डलको भव्य स्वागत गरिएकोमा उनले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment